Skip to main content

Posts

हरियालीमा रमाउने बच्चाको स्मरण क्षमता र स्वास्थ्य राम्रो

बच्चाको स्मरण क्षमतामा वातावरणको कुनै भूमिका हुन्छ ? यस सम्बन्धमा एक खोज–अध्ययन गरिएको छ । अतः त्यसको निचोडले भन्छ, ‘हरियाली वातावरणले बालबच्चाको स्मरण क्षमता बढाउँछ ।’ ‘ब्रिटिश जर्नल अफ एजुकेशन साइकोलोजी’मा प्रकाशित उक्त शोधपत्रमा हरियालीको एकाग्रतासँग गहिरो सम्बन्ध हुने कुरा बताइएको छ । यस्तो हरियालीयुक्त स्थानले बच्चाको ध्यान भंग हुनबाट रोक्ने र उनीहरुको अध्ययन उपयोगी हुने शोधपत्रमा उल्लेख छ । शोधकार्यमा संलग्न युनिभर्सिटी कलेज लण्डनकी एरिनी फ्लोरीले भनेकी छिन्, ‘हाम्रो अध्ययन केवल बच्चाहरुको प्रभावकारी विकासको लागि मात्रै होइन, राम्रा शहरी योजनाहरु तयार गर्नको लागि पनि प्रयोग गर्न सकिन्छ ।’ ‘शहरमा रुख–विरुवाको आवश्यकता हावालाई सफा र स्वच्छ राख्न मात्रै होइन, बच्चाको शिक्षाको स्तरलाई प्रभावकारी बनाउनको लागि पनि पर्छ भन्ने कुरा अध्ययनबाट थाहा भयो’ फ्लोरीले भनेकी छिन्, ‘यसैले हामीले आफ्नो वरिपरिको क्षेत्रलाई हराभरा बनाउन आवश्यक छ ।’ हराभरा रुख र विरुवाले हामीलाई अत्यावश्यक अक्सिजनमात्रै दिँदैन । यसले वरिपरिको वातावरणलाई स्वच्छ, सुन्दर बनाउँछ र मानिसहरुलाई स्वस्थ बनाउँछ । ...
Recent posts

६ कारण, जसले हामीलाई रोगी बनाउँछ

रोग लाग्नु वा रोगी जीवन बाँच्नु आफैमा पीडादायक अवस्था हो । परिवारमा एक जना व्यक्ति मात्र रोगी हुँदा सम्पूर्ण सदस्यको दैनिकी प्रभावित हुन्छ । मानसिक तनाव बढ्छ । हामी चाहन्छौं, स्वस्थ जीवन बाँचौं । सधै निरोगी भएर बाँचौं । सधै तन्दुरुस्त भएर बाँचौं । दीर्घ जीवन बाँचौं । तर, हाम्रो कामना विपरित अनेकथरी रोगले हामीलाई गाँज्छ । नचाहेरै हामी अस्पताल धाउन, औषधि सेवन गर्न, उपचार गर्न बाध्य हुन्छौं । कतिपय घातक रोगले हामीलाई सताउँछ । धेरैजसो अवस्थामा चाहि रोग लाग्नु वा नलाग्नुमा हामी स्वयम् जिम्मेवार हुन्छौं । हामीले अपनाउने दिनचर्या, हामीले खाने खानेकुरा, हामीले लिने सोंच–विचार आदि यसको कारण बन्छ । जस्तो राती अबेरसम्म बस्ने, कुनैपनि शारीरिक गतिविधि नगर्ने, मसलेदार वा मीठो-मसिनो मात्र खाने, मदिरा सेवन गर्ने, ऐश–आरम मात्र खोज्ने, अनावश्यक चिन्ता लिने । यस्ता जीवनशैलीले हामीलाई निरोगी र तन्दुरुस्त राख्दैन । PM_DEBINDRA व्यक्तिगत सरसफाई नगर्ने यो अत्यान्तै सामान्य लाग्ने कुरा हो । जस्तो कि, बाहिरबाट घरमा पुगेपछि हातखुट्टा नधुने, कुनैपनि खानेकुरा खानुअघि हात सफा नगर्ने, शार...

रुघाखोकीमा घरेलु औषधि

अहिले रुघाखोकी लाग्नसाथ धेरैको मनमा आशंका पैदा हुन्छ, कतै कोरोनाको कारण त होइन । कोरोना भाइरसको संक्रमणपछि देखिने आम लक्षण हो, रुघा, खोकी, ज्वरो । यद्यपि रुघाखोकी अन्य अवस्थामा पनि लाग्न सक्छ । र, सामान्य रुपमै यो निको पनि हुन्छ । रुघाखोकी लागेपछि कतिपय औषधि खोज्नतर्फ लाग्छन् । सामान्य रुघाखोकीमा औषधि आवश्यक हुँदैन । बरु, रुघाखोकीमा पर्याप्त आरम गर्नुपर्छ । पर्याप्त तातो वा मनतातो पानी पिउनुपर्छ । अझ कागती र मह घोलेको पानी पिउदा  आरम मिल्छ । तर, कतिपयलाई यस्ता उपचारले भ्याउँदैन । रुघाखोकीको कारण नाकबाट पानी बग्ने, नाक टालिने, टाउको दुख्ने, जीउ दुख्ने, कफ जमेर सास फेर्न गाह्रो हुने, खानेकुरा खान मन नलाग्ने हुन्छ । यसले हालत खराब बनाउँछ । त्यसैले रुघाखोकीमा केही घरेलु ओखती प्रयोग गर्न सकिन्छ, जो तपाईं÷हाम्रो भान्सामा सहजै उपलब्ध हुन्छ । खासगरी बेसार, अदुवा, मह, तुलसी रुघाखोकीमा निकै उपयोगी हुन्छ । तुलसीको पात पानीमा उमालेर सेवन गर्दा निकै फाइदा गर्छ । यस्तै तातो पानीमा मह घोलेर पिउँदा पनि रुघाखोकी निको हुन्छ । रुघाखोकीको प्राकृतिक उपचार हो, पानीको वाफ लिनु । पानी तताएर त्यसको ...

योगको उचित विधी र स्वास्थ्य-लाभ

नियमित र सही ढंगले गरिने योग अभ्यासले शरीरलाई लचिलो, फुर्तिलो, बलियो, तन्दुरुस्त र स्वस्थ राख्छ । योगले स्वास्थ्यमा फाइदा गर्छ भन्ने कुरा सबैलाई थाहा छ । यद्यपि योगबाट कसरी स्वास्थ्यमा लाभ मिल्छ ? योग गर्ने खास तौर–तरिका के हुन् ? कस्तो अवस्थामा योग गर्नु उचित हुँदैन ? कस्तो योग आसन एंव विधी बढी सबैका लागि उपयुक्त हुन्छ ? यसबारे भने सबै जानकार नहुन सक्छन् । खासगरी योगमा शरीर, दिमाग र सास तीन चिजको तालमेल हुन्छ । जब यी तीन एक लयमा हुन्छ, हामी स्वस्थ्य हुन्छौं । तनाव मुक्ती, आन्तरिक शान्ति, रोग प्रतिरोधात्मक क्षमता बढाउन, उर्जा बढाउन, शरीरको लचिलोपन पाउन योगको महत्वपूर्ण भूमिका हुन्छ । योगका लागि केवल ताकत, सन्तुलन र लचिलोपन चाहिन्छ । जो कोहीमा यसमध्ये एक चिज हुन्छ, जसको मद्दतले अर्को काम सजिलै गर्न सक्छन् । नियमित रुपले योग गर्ने जसरी तौल नियन्त्रण हुँदै जान्छ, उसैगरी शरीर लचिलो पनि । के हो सही समय ? दिनमा कुनैपनि समय योग गर्न सकिन्छ । तर, खाना खानसाथ तुरुन्तै योग गर्नु हुँदैन । बिहान खासगरी सूर्योदय लगत्तै योग गर्नु बढी लाभदायक हुन्छ । सूर्योदयको दुई घण्टासम्म आफ्नो सुविधा ...

जाडोमा सताउने ७ रोग

जाडो मौसममा केही रोगले निकै सताउँछन् । ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ जाडोमा देखिने रोग तथा समस्या हुन् । खासगरी बालबालिका, वद्धवृद्धा, गर्भवती, महिला दीर्घरोगी, रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चिसोबाट बचाउनुपर्छ : विशेषतः जाडो मौसममा केही रोगले निकै सताउँछन् । ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ जाडोमा देखिने रोग तथा समस्या हुन् । खासगरी बालबालिका, वद्धवृद्धा, गर्भवती, महिला दीर्घरोगी, रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चिसोबाट बचाउनुपर्छ : निमोनिया जाडो मौसममा निमोनियाका बिरामी धेरै देखिन्छन् । यो मौसममा खासगरी बच्चा र वृद्धवृद्धा निमोनियाको उच्च जोखिममा हुन्छन् । निमोनिया हुँदा धेरै ज्वरो आउने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छ । फोक्सोमा संक्रमण भएपछि छाती दुख्ने र श्वासप्रश्वासमा समस्या देखिने हुन्छ । ज्वरो, रुघाखोकी जाडोमा रुघाखोकीले पनि धेरैलाई सताउँछ । जाडोयाम सुरु हुनासाथ मौसममा आउने परिवर्तनका कारण रुघाखोकीको समस्या देखिन थाल्छ । यो भाइरस कुनै संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा...

Create Bootable Pendrive using CMD

What is Bootable Pendrive? Sometimes bootable pendrive is also referred to as bootable USB.  It is a disk that can boot up your computer if you don’t have any operating system. i.e. a standalone storage which can boot up your computer. Also, note that you can only create bootable pendrive for Windows Vista and later (7/8/8.1/10) using the command prompt. If you are looking to make bootable pendrive for Windows XP or any Linux Distribution, you will have to use third party tools. Steps to Create Bootable Pendrive using CMD CMD is available on all of the windows computers, so you would not have to worry about downloading any new package or software to make your pendrive bootable. It is a bit lengthy process but it traditional method and always works: 1.    Run cmd(Command Prompt) as Administrator. (This is an important step because you are going to edit disks which require admin privileges)There are several ways to open a command prompt with ad...

किबोर्डको सटकर्ट

विन्डोज अपरेटिंग सिस्टममा  किबोर्डको सटकर्ट प्रयोग गरेर सजिलैसंग थुप्रै कामहरु गर्न सकिन्छ | यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने केहि विन्डोज सटकर्टहरुको सूची तल दिईएको छ | कतिपय सटकर्टहरु विन्डोजको पुरानो संस्करणमा चल्दैनन् | विन्डोज बटनसँगको सटकर्टहरु Windows Key ले किबोर्डमा Alt को देब्रे पट्टि हुने बटनलाई चिनाउछ | यस बटनले विन्डोजमा स्टार्ट मेनु पनि खोल्ने गर्छ | Windows Key + E : विन्डोजको फाइल एक्सप्लोरर खोल्न Windows Key + D: सिधै विन्डोजको डेस्कटपमा जान Windows Key + L: कम्प्युटर/ ल्यापटपलाई तु लक् गर्न Windows Key + . : इमोजी मेनु खोल्न Windows Key + Space: किबोर्डले टाइप गर्ने भाषा परिवर्तन गर्न ( दुईवटा किबोर्ड इन्स्टल गरिएको खण्डमा ) Windows Key + S: सर्च गर्न Windows Key + 1,2,3… : टास्कबारमा पिन भएको एपहरुलाई खोल्न Windows Key + Shift + S : नयाँ स्निपटुलबाट स्क्रिनसट लिन Windows Key + PrtSrc : स्क्रिनसट लिन Windows Key + P : डिस्प्लेलाई प्रोजेक्टर अथवा अर्को मोनिटरमा देखाउन Windows Key + M : ...