Skip to main content

जाडोमा सताउने ७ रोग

जाडो मौसममा केही रोगले निकै सताउँछन् । ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ जाडोमा देखिने रोग तथा समस्या हुन् । खासगरी बालबालिका, वद्धवृद्धा, गर्भवती, महिला दीर्घरोगी, रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चिसोबाट बचाउनुपर्छ :
विशेषतः जाडो मौसममा केही रोगले निकै सताउँछन् । ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ जाडोमा देखिने रोग तथा समस्या हुन् । खासगरी बालबालिका, वद्धवृद्धा, गर्भवती, महिला दीर्घरोगी, रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चिसोबाट बचाउनुपर्छ :
निमोनिया
जाडो मौसममा निमोनियाका बिरामी धेरै देखिन्छन् । यो मौसममा खासगरी बच्चा र वृद्धवृद्धा निमोनियाको उच्च जोखिममा हुन्छन् । निमोनिया हुँदा धेरै ज्वरो आउने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छ । फोक्सोमा संक्रमण भएपछि छाती दुख्ने र श्वासप्रश्वासमा समस्या देखिने हुन्छ ।
ज्वरो, रुघाखोकी
जाडोमा रुघाखोकीले पनि धेरैलाई सताउँछ । जाडोयाम सुरु हुनासाथ मौसममा आउने परिवर्तनका कारण रुघाखोकीको समस्या देखिन थाल्छ । यो भाइरस कुनै संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा, मुखबाट निस्किने पानीका कणहरूमार्फत हावाका माध्ययमबाट अर्को व्यक्तिमा सर्ने गर्छ ।
जाडोमा यसका भाइरस बढी सक्रिय हुन्छन् । यसले खासगरी बच्चा तथा बुढाबुढीलाई आक्रमण गर्छ । ज्वरो आउने, रुघा लाग्ने समस्या वेलैमा निराकरण नहुँदा निमोनियाको खतरा हुन्छ ।
एलर्जी
जाडो मौसममा छाला सुक्खा हुने समस्या धेरैलाई हुन्छ । चिसोका कारण पानीको मात्रा कम हुँदा छाला सुक्खा हुन्छ । छालाको एलर्जी, छाला चिलाउने, ओठ फुट्नेजस्ता समस्या समस्या चिसो मौसममा देखिने मुख्य समस्या हुन् । छालाको एलर्जीले जटिल समस्यासम्म निम्त्याउन सक्छ ।
बाथ, जोर्नी दुख्ने
जाडो मौसममा जोर्नी दुख्ने समस्या र बाथ रोग पनि धेरैलाई देखिन्छ । हाम्रो शरीरभित्रको तापक्रम र बाहिरको तापक्रम नमिल्दा जोर्नीसम्बन्धी समस्या देखा पर्छन् । जाडो महिनामा बाथ रोगका बिरामी पनि धेरै देखिन्छन् ।
यो रोग हुने मानिस चिसोबाट जोगिनुपर्छ । न्यानो लुगा लगाउने, झोलिलो खानेकुरा खाने, क्याल्सियम खाने, सागपात, पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ ।
पिनास
पिनासले पनि चिसो मौसममा धेरैलाई दुःख दिन्छ । नाकको छेउमा हावाले भरिएको खाली ठाउँ हुन्छ । नाकभित्रको पानी चिसोका कारण बाहिर निस्कन नसकेपछि खाली ठाउँमा बस्छ । यसरी पानी भरिएपछि पिनास हुन्छ ।
टन्सिल
टन्सिल पनि जाडोमा निम्तिने समस्या हो । चिसोका कारण हुने टन्सिलबाट बच्न तातोपानी पिउने, झोल पदार्थ सेवन गर्ने, न्यानो कपडा लगाउने गर्नुपर्छ ।
दम, मुटुरोग
जाडो मौसममा श्वासप्रश्वासका नलीहरू खुम्चिन्छन् । यस्तो वेला श्वासनली साँघुरो भई सास फेर्न गाह्रो हुन्छ । जाडो मौसममा दमका बिरामी धेरै देखिन्छन् । खासगरी बुढाबुढीलाई सताउँछ । बच्चामा अस्तीमा भन्ने रोग देखा पर्छ ।

Comments

  1. Sathai you videos pani yehi blog nai padera upload garne garnu jhan views pani aunxa blog pani ramro hunxa.

    ReplyDelete
  2. Sathai you videos pani yehi blog nai padera upload garne garnu jhan views pani aunxa blog pani ramro hunxa.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

रुघाखोकीमा घरेलु औषधि

अहिले रुघाखोकी लाग्नसाथ धेरैको मनमा आशंका पैदा हुन्छ, कतै कोरोनाको कारण त होइन । कोरोना भाइरसको संक्रमणपछि देखिने आम लक्षण हो, रुघा, खोकी, ज्वरो । यद्यपि रुघाखोकी अन्य अवस्थामा पनि लाग्न सक्छ । र, सामान्य रुपमै यो निको पनि हुन्छ । रुघाखोकी लागेपछि कतिपय औषधि खोज्नतर्फ लाग्छन् । सामान्य रुघाखोकीमा औषधि आवश्यक हुँदैन । बरु, रुघाखोकीमा पर्याप्त आरम गर्नुपर्छ । पर्याप्त तातो वा मनतातो पानी पिउनुपर्छ । अझ कागती र मह घोलेको पानी पिउदा  आरम मिल्छ । तर, कतिपयलाई यस्ता उपचारले भ्याउँदैन । रुघाखोकीको कारण नाकबाट पानी बग्ने, नाक टालिने, टाउको दुख्ने, जीउ दुख्ने, कफ जमेर सास फेर्न गाह्रो हुने, खानेकुरा खान मन नलाग्ने हुन्छ । यसले हालत खराब बनाउँछ । त्यसैले रुघाखोकीमा केही घरेलु ओखती प्रयोग गर्न सकिन्छ, जो तपाईं÷हाम्रो भान्सामा सहजै उपलब्ध हुन्छ । खासगरी बेसार, अदुवा, मह, तुलसी रुघाखोकीमा निकै उपयोगी हुन्छ । तुलसीको पात पानीमा उमालेर सेवन गर्दा निकै फाइदा गर्छ । यस्तै तातो पानीमा मह घोलेर पिउँदा पनि रुघाखोकी निको हुन्छ । रुघाखोकीको प्राकृतिक उपचार हो, पानीको वाफ लिनु । पानी तताएर त्यसको ...

मेरा गणितका गुरु !

मेरा गणितका गुरु ! मैले घोकेका साध्य र ज्यामितीहरु आयतन र परिमितीहरु अनि ती बिजगणितका डरलाग्दा ´ए` र `बि´ का सूत्रहरु खोइ कहिले, कहाँ काम लाग्छन् ? जो नजानेर कयौं पटक चोट पाएका थिए ती मेरा कलिला हातहरुले कयौं पटक मुर्गा बनाइएका थिए चौरमा कयौं पटक उभिनु परेको थियो डेस्कमाथि र जबर्जस्ति जाने बनाइएको थियो मलाई मानौंकी मेरो जिन्दगी अब फलिफापको बाटोमा अगाडी लाग्यो तर अचेल मलाई हजारबार जिन्दगीले फेल घोषणा गर्छ , हिसाब मिल्दै मिलेन जिन्दगीको गुरु कुन सूत्रको प्रयोग गरुँ म? बाको रसिला आँखाको आयात कसरी निकाल्नु ? आमाको हातको ठेलाको घनत्व कसरी नाप्ने ? प्यारीको अभाव र छोराछोरी भोकको क्षेत्रफल निकाल्ने सूत्र के हो ? हजुरबुवाको लौरो कुन सूत्रले अड्याउने ? माइन्स माइन्स प्लस हुने सूत्रमा `दुख दुख ´ सुख हुन नसकेर फेरि दुख नै हुनु पर्ने आँसु आँसु हासो नभएर पुनः आसु नै हुनु पर्ने यो कुन नियम हो ? जो मलाई सिकाउदै सिकाइएन ब्ल्याकबोर्डको त्रिभुज र चतुभुज खुब नापियो । भित्री कोण र बाहिरी कोण नापियो । डिग्री डिग्री नापियो । एङल एङल नापियो । तर जिन्दगी त हजारौं भुजाले बनेको ...

जिन्दगी

आफ्नो लागि बाच्नु कुनै ठुलो कुरा होइन किन कि आफ्नो लागि त कमिला पनि बाचेको हुन्छ हामी मानिस  हौं , त्यसैले सकिन्छ भने अरुको लागि बाच्न सिकौं , आफू भन्दा कमजोरीहरु को फाइदा लिन होइन मद्दत गर्न सिकौं सेवा नै धर्म हो भने भावना सधैं.......................