Skip to main content

मेरा गणितका गुरु !

मेरा गणितका गुरु !
मैले घोकेका साध्य र ज्यामितीहरु
आयतन र परिमितीहरु
अनि ती बिजगणितका डरलाग्दा
´ए` र `बि´ का सूत्रहरु
खोइ कहिले, कहाँ काम लाग्छन् ?
जो नजानेर कयौं पटक चोट पाएका थिए ती मेरा कलिला हातहरुले
कयौं पटक मुर्गा बनाइएका थिए चौरमा
कयौं पटक उभिनु परेको थियो डेस्कमाथि
र जबर्जस्ति जाने बनाइएको थियो मलाई
मानौंकी मेरो जिन्दगी अब फलिफापको बाटोमा अगाडी लाग्यो
तर अचेल मलाई हजारबार जिन्दगीले फेल घोषणा गर्छ ,
हिसाब मिल्दै मिलेन जिन्दगीको
गुरु कुन सूत्रको प्रयोग गरुँ म?
बाको रसिला आँखाको आयात कसरी निकाल्नु ?
आमाको हातको ठेलाको घनत्व कसरी नाप्ने ?
प्यारीको अभाव
र छोराछोरी भोकको क्षेत्रफल निकाल्ने सूत्र के हो ?
हजुरबुवाको लौरो कुन सूत्रले अड्याउने ?
माइन्स माइन्स प्लस हुने सूत्रमा
`दुख दुख ´ सुख हुन नसकेर फेरि दुख नै हुनु पर्ने
आँसु आँसु हासो नभएर पुनः आसु नै हुनु पर्ने
यो कुन नियम हो ?
जो मलाई सिकाउदै सिकाइएन
ब्ल्याकबोर्डको त्रिभुज र चतुभुज खुब नापियो ।
भित्री कोण र बाहिरी कोण नापियो ।
डिग्री डिग्री नापियो ।
एङल एङल नापियो ।
तर जिन्दगी त हजारौं भुजाले बनेको हुदो रहेछ ।
न नापिन्छ न देखिन्छ कुनै दृश्यमा ।
न लेखिन्छ न छापिन्छ कुनै पानामा ।
भित्री कोण र बाहिरी कोण कहाँ हुदोरहेछ र?
रहस्य र जालझेलका करोडौं कोण हुँदा रहेछन् ।
जसलाई नजरअन्दाज गराइएन कि ?
तै ले यसरी बाच्नु पर्छ भनी
सिङ्गो परिवार बन्धकी मा राखेर
हरियो पासपोर्ट परदेश हिदेको
घर छाड्दा गरुगो पाइलाको भार कुन ग्रामले नाप्छ ।
त्यो बिछोडिदाको मुटुको गति कुन मिटरले नाप्छ ।
ती झरेका आँसु कुन लिटरले नाप्छ ।
त्यो चोट को गहिराई कुन एकाइ ले नाप्छ ।
गुरु यसका कुनै सुत्र छैनन् ?
मेरा गणितका गुरु !
मलाई माफ गरिदिनुस है
तपाईको गणित जसोतसो उतिर्ण भएको म तर जिन्दगीको गणितमा लज्जास्पद अनुत्तीर्ण भैरहेको छु ।
गुरु मिल्छ भने भाइबहिनी हरुलाई
गणित सङ्ग जिन्दगीको हिसाब पनि
थोरै थोरै सिकाइ दिनुस् न है 😀

Comments

Post a Comment

Popular posts from this blog

रुघाखोकीमा घरेलु औषधि

अहिले रुघाखोकी लाग्नसाथ धेरैको मनमा आशंका पैदा हुन्छ, कतै कोरोनाको कारण त होइन । कोरोना भाइरसको संक्रमणपछि देखिने आम लक्षण हो, रुघा, खोकी, ज्वरो । यद्यपि रुघाखोकी अन्य अवस्थामा पनि लाग्न सक्छ । र, सामान्य रुपमै यो निको पनि हुन्छ । रुघाखोकी लागेपछि कतिपय औषधि खोज्नतर्फ लाग्छन् । सामान्य रुघाखोकीमा औषधि आवश्यक हुँदैन । बरु, रुघाखोकीमा पर्याप्त आरम गर्नुपर्छ । पर्याप्त तातो वा मनतातो पानी पिउनुपर्छ । अझ कागती र मह घोलेको पानी पिउदा  आरम मिल्छ । तर, कतिपयलाई यस्ता उपचारले भ्याउँदैन । रुघाखोकीको कारण नाकबाट पानी बग्ने, नाक टालिने, टाउको दुख्ने, जीउ दुख्ने, कफ जमेर सास फेर्न गाह्रो हुने, खानेकुरा खान मन नलाग्ने हुन्छ । यसले हालत खराब बनाउँछ । त्यसैले रुघाखोकीमा केही घरेलु ओखती प्रयोग गर्न सकिन्छ, जो तपाईं÷हाम्रो भान्सामा सहजै उपलब्ध हुन्छ । खासगरी बेसार, अदुवा, मह, तुलसी रुघाखोकीमा निकै उपयोगी हुन्छ । तुलसीको पात पानीमा उमालेर सेवन गर्दा निकै फाइदा गर्छ । यस्तै तातो पानीमा मह घोलेर पिउँदा पनि रुघाखोकी निको हुन्छ । रुघाखोकीको प्राकृतिक उपचार हो, पानीको वाफ लिनु । पानी तताएर त्यसको ...

जिन्दगी

आफ्नो लागि बाच्नु कुनै ठुलो कुरा होइन किन कि आफ्नो लागि त कमिला पनि बाचेको हुन्छ हामी मानिस  हौं , त्यसैले सकिन्छ भने अरुको लागि बाच्न सिकौं , आफू भन्दा कमजोरीहरु को फाइदा लिन होइन मद्दत गर्न सिकौं सेवा नै धर्म हो भने भावना सधैं.......................