Skip to main content

जिन्दगी

आफ्नो लागि बाच्नु कुनै ठुलो कुरा होइन
किन कि आफ्नो लागि त कमिला पनि बाचेको हुन्छ
हामी मानिस  हौं , त्यसैले सकिन्छ भने अरुको लागि बाच्न सिकौं ,
आफू भन्दा कमजोरीहरु को फाइदा लिन होइन
मद्दत गर्न सिकौं
सेवा नै धर्म हो भने भावना सधैं.......................

Comments

Popular posts from this blog

रुघाखोकीमा घरेलु औषधि

अहिले रुघाखोकी लाग्नसाथ धेरैको मनमा आशंका पैदा हुन्छ, कतै कोरोनाको कारण त होइन । कोरोना भाइरसको संक्रमणपछि देखिने आम लक्षण हो, रुघा, खोकी, ज्वरो । यद्यपि रुघाखोकी अन्य अवस्थामा पनि लाग्न सक्छ । र, सामान्य रुपमै यो निको पनि हुन्छ । रुघाखोकी लागेपछि कतिपय औषधि खोज्नतर्फ लाग्छन् । सामान्य रुघाखोकीमा औषधि आवश्यक हुँदैन । बरु, रुघाखोकीमा पर्याप्त आरम गर्नुपर्छ । पर्याप्त तातो वा मनतातो पानी पिउनुपर्छ । अझ कागती र मह घोलेको पानी पिउदा  आरम मिल्छ । तर, कतिपयलाई यस्ता उपचारले भ्याउँदैन । रुघाखोकीको कारण नाकबाट पानी बग्ने, नाक टालिने, टाउको दुख्ने, जीउ दुख्ने, कफ जमेर सास फेर्न गाह्रो हुने, खानेकुरा खान मन नलाग्ने हुन्छ । यसले हालत खराब बनाउँछ । त्यसैले रुघाखोकीमा केही घरेलु ओखती प्रयोग गर्न सकिन्छ, जो तपाईं÷हाम्रो भान्सामा सहजै उपलब्ध हुन्छ । खासगरी बेसार, अदुवा, मह, तुलसी रुघाखोकीमा निकै उपयोगी हुन्छ । तुलसीको पात पानीमा उमालेर सेवन गर्दा निकै फाइदा गर्छ । यस्तै तातो पानीमा मह घोलेर पिउँदा पनि रुघाखोकी निको हुन्छ । रुघाखोकीको प्राकृतिक उपचार हो, पानीको वाफ लिनु । पानी तताएर त्यसको ...

मेरा गणितका गुरु !

मेरा गणितका गुरु ! मैले घोकेका साध्य र ज्यामितीहरु आयतन र परिमितीहरु अनि ती बिजगणितका डरलाग्दा ´ए` र `बि´ का सूत्रहरु खोइ कहिले, कहाँ काम लाग्छन् ? जो नजानेर कयौं पटक चोट पाएका थिए ती मेरा कलिला हातहरुले कयौं पटक मुर्गा बनाइएका थिए चौरमा कयौं पटक उभिनु परेको थियो डेस्कमाथि र जबर्जस्ति जाने बनाइएको थियो मलाई मानौंकी मेरो जिन्दगी अब फलिफापको बाटोमा अगाडी लाग्यो तर अचेल मलाई हजारबार जिन्दगीले फेल घोषणा गर्छ , हिसाब मिल्दै मिलेन जिन्दगीको गुरु कुन सूत्रको प्रयोग गरुँ म? बाको रसिला आँखाको आयात कसरी निकाल्नु ? आमाको हातको ठेलाको घनत्व कसरी नाप्ने ? प्यारीको अभाव र छोराछोरी भोकको क्षेत्रफल निकाल्ने सूत्र के हो ? हजुरबुवाको लौरो कुन सूत्रले अड्याउने ? माइन्स माइन्स प्लस हुने सूत्रमा `दुख दुख ´ सुख हुन नसकेर फेरि दुख नै हुनु पर्ने आँसु आँसु हासो नभएर पुनः आसु नै हुनु पर्ने यो कुन नियम हो ? जो मलाई सिकाउदै सिकाइएन ब्ल्याकबोर्डको त्रिभुज र चतुभुज खुब नापियो । भित्री कोण र बाहिरी कोण नापियो । डिग्री डिग्री नापियो । एङल एङल नापियो । तर जिन्दगी त हजारौं भुजाले बनेको ...