अचम्म को रहेछ मनुष्यको जिन्दगी यो धर्तीमा आउँदा पनि रुवाउदै आउँछ अनि यो धर्ती छोडेर जादा नि रुवाउदै जान्छ फरक यति हो यो धर्ती मा आउँदा खुशी को आशुले रुवाउन्छ , कसैको भरोसा हुने आशा रुवाउन्छ, कसैको सहारा बने आशा मा रुवाउन्छ, जसले उसलाई नौ महिना गर्भ राखेको हुन्छ उसैलाई जिन्दगीभरको सबै भन्दा ठुलो पिडा दिएर रुवाउन्छ तर पनि जिन्दगीभर को सबै धेरै खुशी दिएर रुवाउन्छ , एउटा नारीलाई पुर्ण(नारी) आमा बनाए खुशीले रुवाउन्छ, एउटा परिवारको पूर्णता दिलाएर खुशीले रुवाउन्छ। यो धर्ती बाट जादा साच्चिकै पिडा को आशुले रुवाएर जान्छ कसैलाई बेसहारा बनाइएर, कसैको सिंदुर लिएर, कसैको ममता लिएर, कसैको भरोसा तोडेर , कसैको हरेक पल को खुशी खोसेर रुवाएर जान्छ , तर पनि उ खाली हात जान्छ मनुष्यको जिन्दगी आखिर खाली आयो खाली नै जान्छ। फरक यति हो भावना मा हामीलाई भाबुक बनाएर जान्छ।।।