Skip to main content

Posts

Showing posts from February, 2019

किबोर्डको सटकर्ट

विन्डोज अपरेटिंग सिस्टममा  किबोर्डको सटकर्ट प्रयोग गरेर सजिलैसंग थुप्रै कामहरु गर्न सकिन्छ | यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने केहि विन्डोज सटकर्टहरुको सूची तल दिईएको छ | कतिपय सटकर्टहरु विन्डोजको पुरानो संस्करणमा चल्दैनन् | विन्डोज बटनसँगको सटकर्टहरु Windows Key ले किबोर्डमा Alt को देब्रे पट्टि हुने बटनलाई चिनाउछ | यस बटनले विन्डोजमा स्टार्ट मेनु पनि खोल्ने गर्छ | Windows Key + E : विन्डोजको फाइल एक्सप्लोरर खोल्न Windows Key + D: सिधै विन्डोजको डेस्कटपमा जान Windows Key + L: कम्प्युटर/ ल्यापटपलाई तु लक् गर्न Windows Key + . : इमोजी मेनु खोल्न Windows Key + Space: किबोर्डले टाइप गर्ने भाषा परिवर्तन गर्न ( दुईवटा किबोर्ड इन्स्टल गरिएको खण्डमा ) Windows Key + S: सर्च गर्न Windows Key + 1,2,3… : टास्कबारमा पिन भएको एपहरुलाई खोल्न Windows Key + Shift + S : नयाँ स्निपटुलबाट स्क्रिनसट लिन Windows Key + PrtSrc : स्क्रिनसट लिन Windows Key + P : डिस्प्लेलाई प्रोजेक्टर अथवा अर्को मोनिटरमा देखाउन Windows Key + M : ...

आमा

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” आफूलाई जन्म दिने बाबुआमा भन्दा ठुलो यो संसारमा कोही हुँदैनन् । कवि भूपी शेरचनको यो उद्गारलाई हामीले कहिल्यै विर्सन सक्ने कुरो पनि त भएन । आमा– जननी, जन्मदाता र कर्मदाता हुन् । नौ महिनासम्म आफ्नो कोखमा राखेर हुर्काउने, बढाउने, पढाउने लगायतको कामहरु आमाले नै गर्नुहुन्छ । सबैको मुखमा आपत पर्ने बितिकै ‘आमा’ भन्ने शब्द फुत्किहाल्छ । चाहे गर्भमा होस्,चाहे काखमा, चाहे घर, स्कुल, कलेज, कार्यालय, विदेश जहाँ रहे पनि आफ्नो सन्तानको समान रुपले माया गर्ने ज्ञानकी खानी आमा नै हुन् । सरस्वातिको अक्षराम्भ गर्ने पहिलो पाठशालाकी गुरु पनि आमा नै हुन् । त्यसैले आमाको माया अपरम्पार रहेको छ । जसलाई बजारमा किन्न पाइदैन । परम्परादेखि नै आमालाई माता, जननी, धर्ती, देवी लगायतका विभिन्न रुपमा हामीहरुले पुज्दै आएका छौं । हाम्रा सन्तनीहरुलाई समेत आमाको महत्व र त्यागबारे जानकारी गराउँदै जानुपर्छ । सुख,दुःख, सफलता र असफलताको कडीको रुपमा आमालाई जहिले पनि सकारात्मक दृष्टिकोणले हेर्नुपर्दछ । आमाको अर्तीउपदेशलाई सधै सिरोपर गरेर यात्रा गर्न सकिएमा सफलता टाढा छैन । बाँचुन्जेल आमालाई स...

आमाको माया

छोरा पढी लेखी ठुलो मान्छे बन्यो । पिताको स्वर्गवासपछि आमाले सकिनसकी काम गरेर छोरालाई यो लायक बनाएकी थिईन् । तर छोरालाई बिस्तारै लाग्न थाल्यो, आमाले पढेकी छैनन् , हाम्रो लेभल नै मिल्दैन । एकदिन उसले मुख फोरेर भन्योः आमा तपाईले मलाई यहाँसम्म ल्याउन कति खर्च गनुभो, ब्याज समेत लेखेर दिनुस्, म तिर्छु अनि हामी सुखले अलग अलग बसौँला । आमाले सोचेर भनिनः हिसाब लामो छ बाबु , मलाई केहि समय सोच्न देऊ...... हुन्छ हतार छैन केहि दिनमा भन्नुहोला भनेर छोरा बाटो लाग्यो । रात पर्यो , आमा एउटा लोटामा पानी भरेर छोराको कोठामा पुगिन् । छोरा निदाएको थियो । उनले ओछ्यानको एक भागमा पानी हालिन् । छोरोले कोल्टै फेर्दै गयो , आमाले ओछ्यानमा ठाउँ ठाउँमा पानी हाल्दै गईन् । दिक्क भएर छोरा उठ्यो र ठुलो स्वरमा भन्योः के हो आमा तरिका किन मेरो ओछ्यानभरि पानी हाल्नुभाको ? आमाले भनिनः छोरा तिमीले मलाई पुरै जिन्दगीको हिसाब बताउनु भनेको हैन ? म हिसाब गर्दै थिए कि सानोमा तिमीले कतिपटक मेरो ओछ्यान हिलो पारिदियौ र म रातभर जागा भएकी थिए.... यो त पहिलो रात हो छोरा, यतिमै तिमी तर्सियौ ? मैले भर्खरै हिसाब शुरु गरेकी छु , हिसाब गर्दै ...

मानिसलाई कसरी चिन्ने ?

मृगले आफ्ना पाठाहरूलाई शिक्षा दिँदै थिई । शिक्षाको मूल विषय हिंसक र अहिंसक जीव कसरी छुटयाउने भन्ने थियो । अन्त्यमा मृगले पाठाहरूलाई सोध्न थालीः मृगः बाघ के हो ? पाठाः बाघ हिंसक जीव हो किनकि उसको दाह्रा र नंग्रा हुन्छ । मृगः ठिक भन्यौ । हामीहरू बाघसँग जोगिनु पर्छ । व्वांसो के हो भन त । पाठाः त्यो पनि हिंसक जीव हो । त्यसको पनि तीखा दाँत र नंग्रा हुन्छन् । मृगः ठिक । अब भन जरायो के हो ? पाठाः त्यो त हामी जस्तै अहिंसक जीव हो । उसका दाह्रा नंग्रा केही पनि हुँदैन । मृगः एकदम ठिक भन्यौ । तिमीहरूले हिंसक जीव र अहिंसक जीव छुट्याउन सक्ने भएछौ । अब तिमीहरू बनमा घुम्न जान सक्छौ । तर एक्लाएक्लै नहिँडनु नि । यत्तिकैमा एउटा सानो पाठोले सोध्यो । आमा, हाम्रो जस्तै चार वटा खुट्टा भएर पनि पछिल्ला दुइटा खुट्टाले मात्रै टेकेर हिंडने । बाँदर जस्ता जीव के हो नि ? मृगः ए त्यो त मानिस हो । सबै पठाहरूले एकै स्वरमा सोधेः त्यो हिँसक हो कि अहिँसक हो नि ? मृगः त्यसलाई चिन्न गाह्रो छ । त्यसले के गर्छ भनेर यस्सै भन्न सकिँदैन । कोही हिँसक हुन्छन् भने कोही अहिंसक पनि हुन्छन् । त्यसको न त मुख, दाँत र हात खु...