Skip to main content

आमा

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” आफूलाई जन्म दिने बाबुआमा भन्दा ठुलो यो संसारमा कोही हुँदैनन् । कवि भूपी शेरचनको यो उद्गारलाई हामीले कहिल्यै विर्सन सक्ने कुरो पनि त भएन । आमा– जननी, जन्मदाता र कर्मदाता हुन् । नौ महिनासम्म आफ्नो कोखमा राखेर हुर्काउने, बढाउने, पढाउने लगायतको कामहरु आमाले नै गर्नुहुन्छ । सबैको मुखमा आपत पर्ने बितिकै ‘आमा’ भन्ने शब्द फुत्किहाल्छ । चाहे गर्भमा होस्,चाहे काखमा, चाहे घर, स्कुल, कलेज, कार्यालय, विदेश जहाँ रहे पनि आफ्नो सन्तानको समान रुपले माया गर्ने ज्ञानकी खानी आमा नै हुन् ।
सरस्वातिको अक्षराम्भ गर्ने पहिलो पाठशालाकी गुरु पनि आमा नै हुन् । त्यसैले आमाको माया अपरम्पार रहेको छ । जसलाई बजारमा किन्न पाइदैन । परम्परादेखि नै आमालाई माता, जननी, धर्ती, देवी लगायतका विभिन्न रुपमा हामीहरुले पुज्दै आएका छौं । हाम्रा सन्तनीहरुलाई समेत आमाको महत्व र त्यागबारे जानकारी गराउँदै जानुपर्छ । सुख,दुःख, सफलता र असफलताको कडीको रुपमा आमालाई जहिले पनि सकारात्मक दृष्टिकोणले हेर्नुपर्दछ ।
आमाको अर्तीउपदेशलाई सधै सिरोपर गरेर यात्रा गर्न सकिएमा सफलता टाढा छैन । बाँचुन्जेल आमालाई सम्मान गर्न नसक्नेले मरेपछि ‘मेरी आमा यस्ती र उस्ती’ भन्नेहरु पनि समाजमा प्रशस्त छन्् । अर्कोतर्फ सम्पति हुन्जेल आमाबुबा, सम्पति नभएपछि बृद्घाश्रम पु¥याउने छोराछोरीहरु समेत हाम्रै समाजमा छन् । मातातिर्थ औशीको दिन औपचारिकताका लागि आमा भेट्न जाने, आमा गुमाएकाहरुले दानदक्षिणा गर्ने चलन छ । “खाए खा नखाए घिच” भनेजस्तै आफू उच्च ओहदामा पुग्दा समेत आमाको कन्त विजोग हेरेर बस्न सक्नेहरु पनि समाजमा नै छन् ।
मातृ वात्सल्यतालाई भुलेर आजकल मानिसहरु पश्चिमी शैलीमा उत्रिएका कारण आमालाई माया गर्ने भन्दा पनि हेंला गर्ने, गालीगलोच गर्ने गलत प्रवृत्ति समाजमा बढ्दै गएको छ । आफ्नो सम्पूर्ण जीवन परिवारमै गुमाएका आमाबुबाहरुलाई छोराछोरीहरुले अंश र सम्पतिको लागि अनेकन हर्कत गरेको देख्दा लाज लाग्छ । “कुमालेको चक्र” जस्तै हाम्रो जिन्दगी घुमीरहन्छ र आफ्नो पनि पालो आउने कुरा किन बिर्सेका हुन आजका युवापुस्ताले ?
‘मर्डर्श डे(आमाको मुख हेर्ने दिन)’ को निम्ति एक दिन अघिदेखि नै छोराले पैसाको लागि घर नै उचाल्यो । त्यसपछि दश हजार दिएको त ‘यति जाबोले के गर्नु’ भनेर फालेर गयो । फेरि पछि आयो सपिङको लागि घरमा पचास हजार माग्यो । खाइनखाई बचाएर राखेको पैसा छोराको इज्जतको लागि बीस हजार थमाउँदा पनि उसको चित बुझेन् । छोरा बुहारी मोटरसाइकल कुदाएर सपिङ गर्न हिंडे । सपिङ्का क्रममा छोरा बुहारी सबै भन्दा पहिले फलफुल पसलमा पुगे । दुई किलो अनार, दुई दर्जन केरा, दुई केजी स्याउ, दुई केजी मौसम, दुई केजी आंप, दुई केजी अंगुर किनेपछि श्रीमतीले श्रीमानतर्फ हेर्दै भनिन्, ‘तिम्रो आमालाई सुगर छ क्यारे केही खानु हुंदैन् किन्नुपर्दैन’ भनेर लुगा पसलतिर आफ्नी आमालाई कपडा किन्न लागिन । ‘मेरी आमालाई यो बनारसी साडी सुहाउँछ होला है ? भनेर श्रीमानलाई देखाई । श्रीमान् चाहीं लाटो बुङ्गो जस्तै हाँसेर मात्रै बस्यो । साडीको मुल्य बीस हजार भनेपछि उस्को शरिरभरी पसिनै पसिना भयो । श्रीमतीले
‘जाबो एउटा साडी पनि किनिदिन नसक्नेले के बिहे गर्नु म संग’ भनेर अर्को डाइलग सुनाई । श्रीमान् चुप बसीरह्यो । र, सो साडी सासुको लागि किनिदियो । बाहिर निस्केर यसो फुटपाथ हेर्दा आमालाई हुने चप्पल श्रीमानले देख्यो र श्रीमतीलाई भन्यो ‘यो चप्पल आमालाई……..’डराई डराई भन्यो ।
श्रीमती रिसाउँदै भनी ‘पोहोरकै छ नि किन चाहीयो ? मर्ने बेला भैसकेकी बुढीलाई त्यै त लाएर कहिले फटाउने हो ?’ भनेर हात समात्दै अगाडी तानी । त्यसपछि मिठाई किन्न भनेर मिठाई पसलमा दुबै गए । जेरी, लालमोहन, बर्फी पसलमा भएका सबै मिठाई किन्दा आठ हजार पुगेपछि ‘तिमीसंग पैसा छ हैन झिक न के हेरेर बसेको ?’ भनेर झस्काई । ऊ लाचार भएर पैसा झिकेर पसलेलाई दियो । त्यसपछि उनीहरु त्यहांबाट निस्के । अलिक पर पुगेपछि श्रीमानले ‘मेरी आमालाई चाहीं के दिने होला हगि ?’ भनेर श्रीमतीलाई सोध्यो । श्रीमती चाहींले ‘आमालाई सुगर छ एक प्याकेट ननिलो बिस्कुट किनेर लगिदिनु नि । पछि केही भैहाल्यो भने घरको सबै काम कस्ले गर्छ ? ल अब म यतैबाट माइत जान्छु । खर्च भए दिनु’ भनी । तर, श्रीमान् चाहीं टट्टू भैसकेको थियो । बगलीमा एकपैसा पनि थिएन् ।
श्रीमतीलाई ट्याक्सीमा चढाएर ऊ आफ्नो पुरानो भटभटे लिएर घर आयो । घरमा पुगेपछि आमाले ‘खोई त बुहारी ? खर्च पुग्यो की पुगेन ? हाम्रो इज्जत नजाओस् है बाबु’ वित्तिकै छोराको अनुहार कालोनिलो भएर आयो । उस्ले केही बोल्नैसकेन् । भोलिपल्ट आमाको मुख हेर्ने दिन आमा उठ्नेवितिकै नुहाइधुवाई गरेर ब्राम्हणलाई आमाको नामबाट सिदा दिएर घरतिर आउनुभयो छोरा उठेको थिएन् ।




तातो चिया खाओस् भनेर चिया लिएर छोराको कोठामा छिर्दा आमा अचम्ममा परिन् कोठैभरी चुरोटको ठुटाहरु, ह्विसकीका बोतलहरु देखेर आमाको मन पोल्यो । आमाको आँखाबाट बलिन्द्र आँसु झर्यो। र, छोरालाई बोलाउँदै ‘बाबु, तैले यो के गरेको ?’ छोरा वाल्ल प¥यो । ऊ जुरुक्क उठ्यो र आमालाई अंकमाल गर्दै ‘आमा ह्याप्पी मदर्श डे’ भनेर भन्यो । आमा भन्ने छोराको शब्द सुनेर आम धेरै खुसी भइन । छोराछोरीहरुको खुसी नै आफ्नो खुसी सम्झंदै उनीहरुले गरेको गल्तीलाई माफ गर्दै अघिल्लो दिन छोराले ल्याएको एक पुरिया नुनीलो विस्कुट आमा छोरा दुबै भएर खाए । ‘बाबु तेरो सद्बुद्घि पलाओस्, दीर्घायु होस्, आँटेको पुरा होस्’ भनेर आर्शिवाद दिनुभयो । तर, छोरा न हो बुद्घि पहिलेकै जस्तै हाँसेर मात्रै बसीरह्यो ।
जे होस् आमाको लागि उस्को माया नै ठूलो रह्यो । आमाको माया भन्दा ठूलो कुनै कुरा पनि यो संसारमा छैन् । धनी र गरिबको चुंगलमा होईन् । आमाको माया निस्वार्थ र सधै सकारात्मक सोच भएकै कारण आज हामी यो धर्तीमा उभिन पाएका छौं । आमालाई कुनै शब्दमा बयान गर्न सकिदैन् । आमाको माया अपरम्पारे छ । त्यसैले आमाको सम्मान गरौं ।

Comments

Popular posts from this blog

हरियालीमा रमाउने बच्चाको स्मरण क्षमता र स्वास्थ्य राम्रो

बच्चाको स्मरण क्षमतामा वातावरणको कुनै भूमिका हुन्छ ? यस सम्बन्धमा एक खोज–अध्ययन गरिएको छ । अतः त्यसको निचोडले भन्छ, ‘हरियाली वातावरणले बालबच्चाको स्मरण क्षमता बढाउँछ ।’ ‘ब्रिटिश जर्नल अफ एजुकेशन साइकोलोजी’मा प्रकाशित उक्त शोधपत्रमा हरियालीको एकाग्रतासँग गहिरो सम्बन्ध हुने कुरा बताइएको छ । यस्तो हरियालीयुक्त स्थानले बच्चाको ध्यान भंग हुनबाट रोक्ने र उनीहरुको अध्ययन उपयोगी हुने शोधपत्रमा उल्लेख छ । शोधकार्यमा संलग्न युनिभर्सिटी कलेज लण्डनकी एरिनी फ्लोरीले भनेकी छिन्, ‘हाम्रो अध्ययन केवल बच्चाहरुको प्रभावकारी विकासको लागि मात्रै होइन, राम्रा शहरी योजनाहरु तयार गर्नको लागि पनि प्रयोग गर्न सकिन्छ ।’ ‘शहरमा रुख–विरुवाको आवश्यकता हावालाई सफा र स्वच्छ राख्न मात्रै होइन, बच्चाको शिक्षाको स्तरलाई प्रभावकारी बनाउनको लागि पनि पर्छ भन्ने कुरा अध्ययनबाट थाहा भयो’ फ्लोरीले भनेकी छिन्, ‘यसैले हामीले आफ्नो वरिपरिको क्षेत्रलाई हराभरा बनाउन आवश्यक छ ।’ हराभरा रुख र विरुवाले हामीलाई अत्यावश्यक अक्सिजनमात्रै दिँदैन । यसले वरिपरिको वातावरणलाई स्वच्छ, सुन्दर बनाउँछ र मानिसहरुलाई स्वस्थ बनाउँछ । ...

मेरा गणितका गुरु !

मेरा गणितका गुरु ! मैले घोकेका साध्य र ज्यामितीहरु आयतन र परिमितीहरु अनि ती बिजगणितका डरलाग्दा ´ए` र `बि´ का सूत्रहरु खोइ कहिले, कहाँ काम लाग्छन् ? जो नजानेर कयौं पटक चोट पाएका थिए ती मेरा कलिला हातहरुले कयौं पटक मुर्गा बनाइएका थिए चौरमा कयौं पटक उभिनु परेको थियो डेस्कमाथि र जबर्जस्ति जाने बनाइएको थियो मलाई मानौंकी मेरो जिन्दगी अब फलिफापको बाटोमा अगाडी लाग्यो तर अचेल मलाई हजारबार जिन्दगीले फेल घोषणा गर्छ , हिसाब मिल्दै मिलेन जिन्दगीको गुरु कुन सूत्रको प्रयोग गरुँ म? बाको रसिला आँखाको आयात कसरी निकाल्नु ? आमाको हातको ठेलाको घनत्व कसरी नाप्ने ? प्यारीको अभाव र छोराछोरी भोकको क्षेत्रफल निकाल्ने सूत्र के हो ? हजुरबुवाको लौरो कुन सूत्रले अड्याउने ? माइन्स माइन्स प्लस हुने सूत्रमा `दुख दुख ´ सुख हुन नसकेर फेरि दुख नै हुनु पर्ने आँसु आँसु हासो नभएर पुनः आसु नै हुनु पर्ने यो कुन नियम हो ? जो मलाई सिकाउदै सिकाइएन ब्ल्याकबोर्डको त्रिभुज र चतुभुज खुब नापियो । भित्री कोण र बाहिरी कोण नापियो । डिग्री डिग्री नापियो । एङल एङल नापियो । तर जिन्दगी त हजारौं भुजाले बनेको ...

Create Bootable Pendrive using CMD

What is Bootable Pendrive? Sometimes bootable pendrive is also referred to as bootable USB.  It is a disk that can boot up your computer if you don’t have any operating system. i.e. a standalone storage which can boot up your computer. Also, note that you can only create bootable pendrive for Windows Vista and later (7/8/8.1/10) using the command prompt. If you are looking to make bootable pendrive for Windows XP or any Linux Distribution, you will have to use third party tools. Steps to Create Bootable Pendrive using CMD CMD is available on all of the windows computers, so you would not have to worry about downloading any new package or software to make your pendrive bootable. It is a bit lengthy process but it traditional method and always works: 1.    Run cmd(Command Prompt) as Administrator. (This is an important step because you are going to edit disks which require admin privileges)There are several ways to open a command prompt with ad...