Skip to main content

रुघाखोकीमा घरेलु औषधि

अहिले रुघाखोकी लाग्नसाथ धेरैको मनमा आशंका पैदा हुन्छ, कतै कोरोनाको कारण त होइन । कोरोना भाइरसको संक्रमणपछि देखिने आम लक्षण हो, रुघा, खोकी, ज्वरो । यद्यपि रुघाखोकी अन्य अवस्थामा पनि लाग्न सक्छ । र, सामान्य रुपमै यो निको पनि हुन्छ ।
रुघाखोकी लागेपछि कतिपय औषधि खोज्नतर्फ लाग्छन् । सामान्य रुघाखोकीमा औषधि आवश्यक हुँदैन । बरु, रुघाखोकीमा पर्याप्त आरम गर्नुपर्छ । पर्याप्त तातो वा मनतातो पानी पिउनुपर्छ । अझ कागती र मह घोलेको पानी पिउदा  आरम मिल्छ । तर, कतिपयलाई यस्ता उपचारले भ्याउँदैन ।
रुघाखोकीको कारण नाकबाट पानी बग्ने, नाक टालिने, टाउको दुख्ने, जीउ दुख्ने, कफ जमेर सास फेर्न गाह्रो हुने, खानेकुरा खान मन नलाग्ने हुन्छ । यसले हालत खराब बनाउँछ । त्यसैले रुघाखोकीमा केही घरेलु ओखती प्रयोग गर्न सकिन्छ, जो तपाईं÷हाम्रो भान्सामा सहजै उपलब्ध हुन्छ ।
खासगरी बेसार, अदुवा, मह, तुलसी रुघाखोकीमा निकै उपयोगी हुन्छ । तुलसीको पात पानीमा उमालेर सेवन गर्दा निकै फाइदा गर्छ । यस्तै तातो पानीमा मह घोलेर पिउँदा पनि रुघाखोकी निको हुन्छ । रुघाखोकीको प्राकृतिक उपचार हो, पानीको वाफ लिनु । पानी तताएर त्यसको वाफ लिनुपर्छ, निकै फाइदा गर्छ ।
बेसार
रुघाखोकीबाट राहत पाउनको लागि १ गिलास तातो दुधमा १ चम्चा बेसार मिसाएर पिउनुपर्छ । यसको साथै सुकेको हलेदोलाई पोलेर त्यसको धुँवा सुँघेमा पनि रुखाखोकी ठिक हुन्छ ।
तुलसी
तुलसी रुघाखोकीको लागि कुनै औषधिभन्दा कम छैन । तुलसीको चार पाँच पत्ता तुलसी चपाउनाले घाँटीको खसखर र खोकीबाट राहत मिल्छ । यसलाई चिया वा तातोपानीमा उमालेर पनि पिउन सकिन्छ ।
अदुवा
अदुवाको रस महमा मिसाएर खाएमा पनि खोकी निको हुन्छ । रुघाखोकीले सताएको छ भने राती सुत्नभन्दा अगाडि दूध वा चियामा अदुवा उमालेर पिउनुपर्छ ।
अलैंची
अलैंचीलाई चियामा उमालेर पिउनाले रुघाखोकी ठिक गर्छ ।
हर्बल चिया
टाउको दुख्ने, खोकी, ज्वरो, रुघा जस्ता समस्या देखिएमा हर्बल चिया पिउनुपर्छ । यसले शरीरलाई गरम राख्छ र रोगबाट बचाँउछ ।

Comments

  1. Khatra xa ta dai kun code use garera banaunu bhayo yo sab ...

    ReplyDelete
  2. Khatra xa ta dai kun code use garera banaunu bhayo yo sab ...

    ReplyDelete

Post a Comment

Popular posts from this blog

हरियालीमा रमाउने बच्चाको स्मरण क्षमता र स्वास्थ्य राम्रो

बच्चाको स्मरण क्षमतामा वातावरणको कुनै भूमिका हुन्छ ? यस सम्बन्धमा एक खोज–अध्ययन गरिएको छ । अतः त्यसको निचोडले भन्छ, ‘हरियाली वातावरणले बालबच्चाको स्मरण क्षमता बढाउँछ ।’ ‘ब्रिटिश जर्नल अफ एजुकेशन साइकोलोजी’मा प्रकाशित उक्त शोधपत्रमा हरियालीको एकाग्रतासँग गहिरो सम्बन्ध हुने कुरा बताइएको छ । यस्तो हरियालीयुक्त स्थानले बच्चाको ध्यान भंग हुनबाट रोक्ने र उनीहरुको अध्ययन उपयोगी हुने शोधपत्रमा उल्लेख छ । शोधकार्यमा संलग्न युनिभर्सिटी कलेज लण्डनकी एरिनी फ्लोरीले भनेकी छिन्, ‘हाम्रो अध्ययन केवल बच्चाहरुको प्रभावकारी विकासको लागि मात्रै होइन, राम्रा शहरी योजनाहरु तयार गर्नको लागि पनि प्रयोग गर्न सकिन्छ ।’ ‘शहरमा रुख–विरुवाको आवश्यकता हावालाई सफा र स्वच्छ राख्न मात्रै होइन, बच्चाको शिक्षाको स्तरलाई प्रभावकारी बनाउनको लागि पनि पर्छ भन्ने कुरा अध्ययनबाट थाहा भयो’ फ्लोरीले भनेकी छिन्, ‘यसैले हामीले आफ्नो वरिपरिको क्षेत्रलाई हराभरा बनाउन आवश्यक छ ।’ हराभरा रुख र विरुवाले हामीलाई अत्यावश्यक अक्सिजनमात्रै दिँदैन । यसले वरिपरिको वातावरणलाई स्वच्छ, सुन्दर बनाउँछ र मानिसहरुलाई स्वस्थ बनाउँछ । ...

मेरा गणितका गुरु !

मेरा गणितका गुरु ! मैले घोकेका साध्य र ज्यामितीहरु आयतन र परिमितीहरु अनि ती बिजगणितका डरलाग्दा ´ए` र `बि´ का सूत्रहरु खोइ कहिले, कहाँ काम लाग्छन् ? जो नजानेर कयौं पटक चोट पाएका थिए ती मेरा कलिला हातहरुले कयौं पटक मुर्गा बनाइएका थिए चौरमा कयौं पटक उभिनु परेको थियो डेस्कमाथि र जबर्जस्ति जाने बनाइएको थियो मलाई मानौंकी मेरो जिन्दगी अब फलिफापको बाटोमा अगाडी लाग्यो तर अचेल मलाई हजारबार जिन्दगीले फेल घोषणा गर्छ , हिसाब मिल्दै मिलेन जिन्दगीको गुरु कुन सूत्रको प्रयोग गरुँ म? बाको रसिला आँखाको आयात कसरी निकाल्नु ? आमाको हातको ठेलाको घनत्व कसरी नाप्ने ? प्यारीको अभाव र छोराछोरी भोकको क्षेत्रफल निकाल्ने सूत्र के हो ? हजुरबुवाको लौरो कुन सूत्रले अड्याउने ? माइन्स माइन्स प्लस हुने सूत्रमा `दुख दुख ´ सुख हुन नसकेर फेरि दुख नै हुनु पर्ने आँसु आँसु हासो नभएर पुनः आसु नै हुनु पर्ने यो कुन नियम हो ? जो मलाई सिकाउदै सिकाइएन ब्ल्याकबोर्डको त्रिभुज र चतुभुज खुब नापियो । भित्री कोण र बाहिरी कोण नापियो । डिग्री डिग्री नापियो । एङल एङल नापियो । तर जिन्दगी त हजारौं भुजाले बनेको ...